काठमाडौं । नेपाली राजनीतिक वृत्तमा ठूलो हलचल देखिएको छ। गगन थापाले बुधबार सभापति पदबाट राजीनामा दिएपछि देशभर बहस चर्किएको हो। चियापसल, चौतारीदेखि सामाजिक सञ्जालसम्म अहिले एउटै चर्चा छ । अब कांग्रेसको भविष्य के हुन्छ ? “बदलियो कांग्रेस, बदल्छौं देश” भन्ने नारासहित विशेष महाधिवेशनबाट सर्वसम्मत रूपमा सभापति बनेका थापा चुनावी परिणामपछि दबाबमा परेका थिए।
देशभर पार्टीले अपेक्षित सफलता नपाएपछि, विशेषगरी सर्लाही–४ बाट आफ्नै हारपछि उनले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएका हुन्। यसअघि पार्टीभित्रैबाट राजीनामा नदिन दबाब आएपछि केही समय उनी आफनो निर्णयमा रोकिएका थिए। तर अन्ततः बुधबार उनले पद त्यागेकाछन् । थापाको राजीनामासँगै अहिले पार्टीभित्र ठूलो अन्योल देखिएको छ।
कांग्रेसका नेता, कार्यकर्ता र शुभेच्छुकहरूले राजीनामा स्वीकृत नगर्न दबाब दिइरहेका छन्। उपसभापति विश्वप्रकाश शर्मामाथि देशभरबाट राजीनामा अस्वीकृत गर्न आग्रह आइरहेको स्रोतले जनाएको छ। यता, विश्लेषकहरूका अनुसार गगन थापाकै नेतृत्वका कारण कांग्रेसले ३७ सिट ल्याउन सफल भएको दाबी गरिएको छ।
यदि शेर बहादुर देउवाकै नेतृत्व कायम रहेको भए पार्टी अझ कमजोर हुने टिप्पणी पनि भइरहेको छ। गगन थापाको नेतृत्वमा कांग्रेसभित्र नयाँ ऊर्जा आएको धेरैको बुझाइ छ। त्यसैले उनको राजीनामा स्वीकृत भए पार्टी झन् कमजोर बन्न सक्ने चिन्ता व्यक्त गरिएको छ। यसैबीच, कांग्रेसको केन्द्रीय समिति बैठक शुक्रबार बस्दैछ।
सो बैठकले थापाको राजीनामाबारे अन्तिम निर्णय गर्नेछ। अब सबैको ध्यान यही बैठकतर्फ केन्द्रित भएको छ । राजीनामा स्वीकृत हुन्छ कि हुँदैन ?
काठमाडौं ।काठमाडौं महानगरपालिका–८ स्थित विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्र अन्तर्गत बनक ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!