ह्वाट्सएप ह्याकिङबाट ठगी बढ्दै,सजग रहन साइबर ब्यूरोको चेतावनी

ह्वाट्सएप ह्याकिङबाट ठगी बढ्दै,सजग रहन साइबर ब्यूरोको चेतावनी

काठमाडौँ नेपाल प्रहरीको साइबर ब्यूरोले पछिल्लो समय whatsapp ह्याक गरेर ठगी गर्ने घटना बढ्दै गएको भन्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ। ब्यूरोले जारी गरेको सूचनामा ह्याकरहरूले समस्यामा परें, तुरुन्त पैसा पठाइदिनुहोस्वामैले पैसा पठाउन सकिनँ, यो QR Code मा पठाइदिनुहोस्भन्ने जस्ता सन्देश पठाएर ठगी गर्ने गरेको उल्लेख छ।

 यस्ता सन्देशहरू नजिकका साथीभाइ वा आफन्तको WhatsApp  खाताबाट आएको जस्तो देखिने भएकाले धेरै मानिसहरू झुक्किने गरेका छन्। साइबर ब्यूरोका अनुसार यस्ता घटनाबाट बच्नका लागि प्रयोगकर्ताहरूले विशेष सावधानी अपनाउन आवश्यक छ।

ब्यूरोले दिएको सुझाव अनुसार यस्ता सन्देशमा तुरुन्त विश्वास नगर्न, सम्भव भएसम्म सम्बन्धित व्यक्तिलाई प्रत्यक्ष फोन गरेर पुष्टि गर्न आग्रह गरिएको छ। त्यस्तै, शंकास्पद लिंक, कोड वा फाइल क्लिक वा डाउनलोड नगर्न पनि चेतावनी दिइएको छ।

सुरक्षाका लागि Two-Step Verification अनिवार्य रूपमा प्रयोग गर्न, आफ्नो OTP वा Verification Code कसैलाई पनि नदिन, मोबाइल एपहरू नियमित रूपमा अपडेट गर्न तथा WhatsApp Web प्रयोगपछि अनिवार्य रूपमा Log out गर्न पनि सुझाव दिएको छ।

साइबर ब्यूरोले सबैलाई सचेत रहन यस्ता अनलाइन ठगीबाट जोगिन आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

पशुपति बनकालीमा डोजर एक्सन, ५ संरचना भत्काइयो
5 घण्टा अगाडि

काठमाडौं ।काठमाडौं महानगरपालिका–८ स्थित विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्र अन्तर्गत बनक ...

छुटाउनुभयो कि ?

TOP