काठमाडौँ।हालै सम्पन्न निर्वाचनलाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने सम्पूर्ण पक्षप्रति प्रधानमन्त्री सुशीला कार्कीले धन्यवाद व्यक्त गरेकी छन्।
मधेस प्रदेशको राजधानी जनकपुरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले सुरक्षा निकाय, प्रशासनिक संयन्त्र तथा मतदाताहरूको सक्रिय सहभागिताका कारण निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न भएको बताएकी छन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलका अनुसार कठिन र चुनौतीपूर्ण परिस्थितिका बीच पनि निर्वाचनलाई सफल बनाउन खटिएका सुरक्षाकर्मी, कर्मचारी तथा सम्बन्धित निकायको योगदान प्रशंसनीय रहेको प्रधानमन्त्रीले बताएकी छन्।
प्रधानमन्त्री कार्कीले प्रदेश–प्रदेशमा खटिएका सुरक्षा निकायका प्रमुख तथा निर्वाचन व्यवस्थापनमा संलग्न अधिकारीहरूलाई बधाई दिँदै उनीहरूको समर्पणप्रति कृतज्ञता व्यक्त गरेकी छन्। उनले भनिन्, “हामीले बनाएको योजना तपाईंहरूले उत्कृष्ट रूपमा कार्यान्वयन गर्नुभयो। लिएको सङ्कल्प सफल बनाउन तपाईंहरूको भूमिका निर्णायक रह्यो। यसको वास्तविक श्रेय तपाईंहरूलाई नै जान्छ।”
कार्यक्रममा सुरक्षा निकायका प्रतिनिधिहरूले पनि निर्वाचनजस्तो महत्वपूर्ण राष्ट्रिय प्रक्रियामा सहभागी हुन पाएकोमा गर्व व्यक्त गरेका थिए। उनीहरूले निर्वाचन अवधिमा प्राप्त अनुभवहरू समेत साझा गरेका थिए।
काठमाडौँ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि प्रकाशित गरिने विज्ञापनमा आधिकारिक सम्पर्क ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!