स्रोत नखुलेको २० लाख रुपैयाँसहित पर्साबाट एक जना पक्राउ

स्रोत नखुलेको २० लाख रुपैयाँसहित पर्साबाट एक जना पक्राउ

पर्सा। पर्साको वीरगञ्ज नाकाबाट स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित एक जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।

आज बिहान सीमा सुरक्षा गुल्म वीरगञ्जको टोलीले विशेष सूचनाको आधारमा चेकजाँच गर्दा वीरगञ्ज महानगरपालिका–१७ बस्ने ५० वर्षीय विनय शंकर साह पक्राउ परेका हुन्। उनी भारतबाट बीआर ०५ बीके ८६०३ नम्बरको मोटरसाइकलमा नेपालतर्फ प्रवेश गर्दै थिए।

सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स ब्युरोबाट प्राप्त सूचनाअनुसार जाँच गर्दा मोटरसाइकलको सिट कभरभित्र प्लास्टिकमा प्याक गरेर लुकाई ल्याइएको अवस्थामा नगद फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार साहको साथबाट नेपाली रुपैयाँ २० लाख २ हजार ५० र भारतीय ६ सय रुपैयाँ बरामद गरिएको छ।

नियन्त्रणमा लिइएका साहलाई बरामद नगद र मोटरसाइकलसहित आवश्यक अनुसन्धान तथा कारबाहीका लागि भन्सार कार्यालय वीरगञ्जमा बुझाइएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

वैदेशिक रोजगारीका विज्ञापनमा सम्पर्क विवरण अनिवार्य
4 घण्टा अगाडि

काठमाडौँ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि प्रकाशित गरिने विज्ञापनमा आधिकारिक सम्पर्क ...

छुटाउनुभयो कि ?

TOP