काठमाडौं।नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगन कुमार थापा द्वारा दिइएको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको छ। ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले वर्तमान राजनीतिक परिस्थितिमा नेतृत्व निरन्तरताको आवश्यकता औंल्याउँदै थापालाई पुनः जिम्मेवारीमा फर्कन आग्रह गरेको हो।
बैठकले उपसभापति विश्वप्रकाश शर्मा द्वारा प्रस्तुत प्रारम्भिक समीक्षा प्रतिवेदनलाई सुझावसहित पारित गर्ने निर्णय पनि गरेको छ।
त्यसैगरी, मध्यपूर्व क्षेत्रमा बढ्दो द्वन्द्वप्रति गम्भीर चासो व्यक्त गर्दै कांग्रेसले विश्व शान्तिको पक्षमा तत्काल युद्ध अन्त्य गर्न आग्रह गरेको छ। साथै, उक्त क्षेत्रमा रहेका नेपाली नागरिकको सुरक्षाका लागि नेपाल सरकारलाई सक्रिय पहल गर्न ध्यानाकर्षण गराइएको छ।
बैठकले इरानी नियन्त्रणमा रहेको भनिएको बन्दी अवस्थाबाट नेपाली नागरिकको शीघ्र उद्धार गरी स्वदेश फर्काउन सरकारसँग माग गरेको छ।
यस्तै, २०८२ भदौ २३ र २४ गते भएका जनजीविका प्रभावित गर्ने घटनाबारे गठित छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न पनि सरकारसँग माग गरिएको छ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धि र एलपी ग्यासको कृत्रिम अभावप्रति पनि कांग्रेसले असन्तुष्टि जनाएको छ। उपभोक्तामाथि परेको आर्थिक भार घटाउन मूल्य नियन्त्रण तथा सहज आपूर्तिको व्यवस्था मिलाउन सरकारलाई दबाब दिने निर्णय बैठकले गरेको छ।
यसैबीच, बैठकले दिवंगत नेता तथा कार्यकर्ताप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौनधारण गरेको जनाएको छ।
काठमाडौं । गगन कुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई सर्वोच्च अदालत ले आधिकारिक मान्यता दिएसँगै पा ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!