काठमाडौँ।सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याल ले २५औँ सशस्त्र प्रहरी दिवस २०८२ (रजत महोत्सव) को अवसरमा विभिन्न क्षेत्रबाट उल्लेखनीय योगदान पुर्याएका व्यक्तित्वहरूलाई IG APF Commendation बाट सम्मान गरे।
बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङ, गायक दिपक लिम्बु र पर्वतारोही टासी लाक्पा शेर्पा लाई उक्त सम्मान प्रदान गरिएको हो।
महानिरीक्षक अर्यालले सुशोभित व्यक्तिहरूलाई बधाई दिएर आगामी दिनमा पनि यस्तै उत्कृष्ट योगदानको अपेक्षा गरेको बताए। उहाँले राष्ट्र निर्माण र सुरक्षा क्षेत्रमा सबै क्षेत्रको सहकार्य आवश्यक रहेको पनि बताए।
सम्मान प्राप्त गरेपछि गायक दिपक लिम्बुले सशस्त्र प्रहरी बलप्रति आभार प्रकट गरे र खुशी व्यक्त गरे।
कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू नारायणदत्त पौडेल र बंशीराज दाहाल लगायत उच्च अधिकृतहरू उपस्थित थिए।
काठमाडौं । गगन कुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई सर्वोच्च अदालत ले आधिकारिक मान्यता दिएसँगै पा ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!