काठमाडौं । यातायात व्यवस्था विभाग ले विद्युतीय सवारी (इ–भेहिकल) मार्फत सेवा दिइरहेका यातायात व्यवसायीलाई भाडा नबढाउन र यात्रुलाई अनिवार्य रूपमा टिकट उपलब्ध गराउन निर्देशन दिएको छ।
विभागले “अत्यन्त जरुरी सूचना” जारी गर्दै अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यवृद्धिका आधारमा स्वचालित भाडा समायोजन प्रणालीमार्फत सार्वजनिक सवारीको भाडा समायोजन गरिएको भए पनि उक्त व्यवस्था केवल डिजेल इन्जिन प्रयोग गर्ने सवारीसाधनमा मात्र लागू हुने स्पष्ट पारेको छ। विद्युतीय सवारीसाधनमा भने भाडा वृद्धि लागू नहुने विभागको भनाइ छ।
पछिल्लो समय केही विद्युतीय सवारी सञ्चालकले समेत भाडा बढाएर असुल गरिरहेको तथा यात्रुलाई टिकट नदिएको गुनासो बढेपछि विभागले कडाइ गर्दै यस्तो निर्देशन जारी गरेको हो। विभागका अनुसार विद्युतीय सवारीमा साविककै भाडादर कायम राख्नुपर्ने र यात्रुले तिरेको भाडाको टिकट अनिवार्य रूपमा दिनुपर्ने व्यवस्था लागू छ।
विभागले उक्त निर्देशन उल्लंघन गर्ने सेवा प्रदायकलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ अनुसार कारबाही गरिने चेतावनी दिएको छ।
यातायात क्षेत्रमा देखिएको मनपरी नियन्त्रण गर्न विभागले सेवा प्रदायकलाई नियम कडाइका साथ पालना गर्न र यात्रुलाई अनियमितता भएमा सम्बन्धित निकायमा उजुरी गर्नसमेत आग्रह गरेको छ।
सिरहा । यहाँको लहान नगरपालिका-१५ लाग्राहमा गत वैशाख ३० गते विद्युत् सर्ट भएर भएको आगलागीमा घर पूर्ण ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!