काठमाडौं ।मध्यपूर्वमा बढ्दो तनाव र जारी द्वन्दका बीच अमेरिकाले इरानसमक्ष पन्ध्र बुँदे प्रस्ताव अघि सारेको छ। युद्ध रोक्ने दाबीका साथ ल्याइएको उक्त प्रस्तावले इरानको परमाणु कार्यक्रम पूर्ण रूपमा नियन्त्रणमा ल्याउने, युरेनियम समृद्धि रोक्ने, संकलित परमाणु सामग्री अन्तर्राष्ट्रिय निगरानीमा बाहिर पठाउने र भविष्यमा परमाणु हतियार नबनाउने स्पष्ट प्रतिबद्धता गराउने लक्ष्य राखेको छ।
प्रस्तावअनुसार इरानले आफ्ना क्षेप्यास्त्र कार्यक्रम पूर्ण रूपमा बन्द गर्नुपर्ने, क्षेत्रीय सशस्त्र समूहहरूसँगको सम्बन्ध तोड्नुपर्ने र मध्यपूर्वमा आफ्ना प्रक्षेप्यास्त्र तथा हतियार विस्तार रोक्नुपर्ने सर्त राखिएको छ। त्यस्तै, स्ट्रेट अफ होर्मुज खुला राख्नुपर्ने, समुद्री आवागमनमा अवरोध नपर्नुपर्ने र तेल तथा अन्य महत्वपूर्ण व्यापार मार्गको सुरक्षामा अन्तर्राष्ट्रिय नियम पालन गर्नुपर्ने माग पनि अघि आएको छ।
यसैसँगै अमेरिकाले आर्थिक प्रतिबन्ध क्रमशः हटाउने, नागरिक प्रयोजनका लागि परमाणु कार्यक्रम सञ्चालनमा सहयोग गर्ने र अन्तर्राष्ट्रिय निरीक्षणसहित नयाँ सुरक्षा र सहकार्यको ढाँचा विकास गर्ने प्रस्ताव पनि गरेको छ। प्रारम्भिक चरणमा एक महिनाको युद्धविराम राखेर त्यस अवधिमा विस्तृत वार्ता अघि बढाउने योजना प्रस्तावमा समावेश छ।
तर इरानले अहिलेसम्म प्रस्तावप्रति तत्काल सकारात्मक प्रतिक्रिया दिएको छैन। इरानी पक्षले युद्ध रोकिएपछि मात्र औपचारिक वार्ता सम्भव हुने अडान राखेको छ भने हालसम्म भएको क्षतिको क्षतिपूर्ति बिना कुनै सम्झौता नहुने संकेत दिएको छ।
यस प्रस्तावपछि पाकिस्तान, टर्की र इजिप्ट लगायतका देशहरू मध्यस्थतामा सक्रिय देखिएका छन्। प्रस्ताव सफल भए मध्यपूर्वमा दीर्घकालीन शान्ति स्थापना हुने सम्भावना छ भने असफल भए युद्ध अझै चर्किन सक्ने जोखिम रहेको छ।
कडा सर्त र गहिरो अविश्वासका कारण प्रस्ताव तत्काल कार्यान्वयन हुने अवस्था कमजोर देखिएको भए पनि यसले मध्यपूर्वको भविष्य निर्धारण गर्ने महत्वपूर्ण मोड सिर्जना गरेको छ। अबको केही समयमै वार्ता सफल हुने कि द्वन्द अझै चर्किने भन्ने स्पष्ट हुने अपेक्षा गरिएको छ।
काठमाडौं । गगन कुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई सर्वोच्च अदालत ले आधिकारिक मान्यता दिएसँगै पा ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!