काठमाडौँ । केही दिन देखी निरन्तर घटीरहेको सुनको मूल्य आज पनि बढेको छ । सुन तोलामा १४ हजार ६०० ले बढेको छ भने चाँदी पनि तोलामा चार सय १५ ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ८८ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ९२० कायम भएको छ ।
हिजो मङ्गलबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ७३ हजार ९०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ५०५ कायम भएको थियो । गत सोमबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ७५ हजार ५०० र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ४२५ कायम भएको थियो भने आइतबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ८२ हजार र त्यति नै परिमाणको चाँदी चार हजार ५४० मा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६०० र त्यति नै परिमाणको चाँदी ७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
काठमाडौं । गगन कुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई सर्वोच्च अदालत ले आधिकारिक मान्यता दिएसँगै पा ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!