काठमाडौँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा कार्यभार सुरु गरेकाछन् । उनले राष्ट्रपति रामचन्द्र पौडेलसँग आज पद तथा गोपनियताको शपथ लिएका हुन् ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि नयाँ सरकार गठन र संसद्को अधिवेशन आह्वान गर्ने तयारी भइरहेका बेला ज्येष्ठ सदस्यले सभामुखको हैसियतमा जिम्मेवारी पाएकाहुन् । ज्येष्ठ सदस्य केसीलाई संसद् सचिवालयका उच्च अधिकारीहरुले स्वागत गरेका थिए ।
संसद् सचिवालयले भोलि बिहीबार ज्येष्ठ सदस्य केसीबाट प्रतिनिधिसभाका नवनिर्वाचित बाँकी २७४ जना सदस्यलाई शपथ गराउनुहुने कार्यक्रम तय गरेको छ । नयाँ सभामुखको निर्वाचन नभएसम्म ज्येष्ठ सदस्य केसीले संसद् बैठकको अध्यक्षता गर्नेछन् ।
काठमाडौं । गगन कुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई सर्वोच्च अदालत ले आधिकारिक मान्यता दिएसँगै पा ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!