घरमा भेटिएको रकमबारेका भिडियो एआईबाट बनाइएको देउवाको दाबी

घरमा भेटिएको रकमबारेका भिडियो एआईबाट बनाइएको देउवाको दाबी

काठमाडौं । पूर्वप्रधानमन्त्री शेर बहादुर देउवाले जेनजी आन्दोलनका क्रममा आफ्नो निजी निवासमा भेटिएको भनिएको रकमबारे सामाजिक सञ्जालमा फैलिएका भिडियोहरू एआईबाट बनाइएको हुनसक्ने बताएका छन्। जेनजी आन्दोलनमा भएको घटनाबारे छानबिन गर्न गठन गरिएको गौरीबहादुर कार्की नेतृत्वलाई दिएको बयानमा उनले आफूविरुद्ध नितान्त षड्यन्त्र गरिएको जिकिर गरेका छन्। साथै, उनले २३–२४ भदौका घटनामा कुनै राजनीतिक हस्तक्षेप वा पक्षपात नगरेको स्पष्ट पारेका छन्।

देउवाका अनुसार भदौ २३ गते उनी बूढानीलकण्ठस्थित आफ्नै निवासमा थिए र बेलुका बालुवाटार पुगेर सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउन आग्रह गरेका थिए, तर औपचारिक बैठकमा भने सहभागी भएका थिएनन्। भदौ २४ गते बिहान प्रदर्शनकारीहरू उनको निवासमा पुगेपछि सुरक्षाकर्मीसँग झडप भएको, त्यसक्रममा तोडफोड, आगजनी र लुटपाट भएको उनले बताएका छन्। उक्त घटनापछि उनी राति सुरक्षित स्थानमा पुगेको पनि उल्लेख गरेका छन्।

उनले प्रहरीले तयार पारेको मुचुल्कामा निवासमा केही रकम भेटिएको उल्लेख भए पनि त्यो ठूलो परिमाणमा नभएको र सामाजिक सञ्जालमा फैलिएको विवरण भ्रामक रहेको दाबी गरेका छन्। देउवाले हिंसात्मक गतिविधिमा संलग्नलाई कारबाही गर्नुपर्ने, गैर–राजनीतिक संस्थामा राजनीतिक हस्तक्षेप हुन नहुने र युवाको भावना समेटेर नीतिगत तथा संस्थागत सुधार आवश्यक रहेको बताएका छन्।


 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

वैदेशिक रोजगारीका विज्ञापनमा सम्पर्क विवरण अनिवार्य
4 घण्टा अगाडि

काठमाडौँ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि प्रकाशित गरिने विज्ञापनमा आधिकारिक सम्पर्क ...

छुटाउनुभयो कि ?

TOP