काठमाडौँ। नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको पद तथा गोपनीयताको शपथ आज दिउँसो २ बजे हुने भएको छ। सिंहदरबारस्थित नवनिर्मित बहुउद्देश्यीय हलमा आयोजना हुने उक्त कार्यक्रमका लागि सम्पूर्ण तयारी पूरा भइसकेको सङ्घीय संसद् सचिवालयले जनाएको छ।
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी ले सांसदहरूलाई शपथ गराउने कार्यक्रम तय भएको छ। यसअघि उनलाई रामचन्द्र पौडेल ले पद तथा गोपनीयताको शपथ गराइसकेका छन्।
सचिवालयका अनुसार ४७ जना सांसदले नेपालीबाहेक अन्य भाषामा शपथ लिने तयारी गरेका छन्, जसमध्ये १७ जनाले मैथिली भाषामा शपथ लिनेछन्।
नेपालको संविधानको धारा ९९ र धारा ९१ को उपधारा (५) तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम शपथ लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ।
सचिवालयले सांसदहरूलाई आवश्यक कागजातसहित तोकिएको समयभन्दा दुई घण्टा अगावै उपस्थित हुन आग्रह गरेको छ। साथै औपचारिक वा सांस्कृतिक पहिचान झल्किने पोसाकमा उपस्थित हुन पनि अनुरोध गरिएको छ।
बहुउद्देश्यीय हलमा सिट व्यवस्थापन, रोष्टम, सभामुख आसन तथा अन्य प्राविधिक तयारीहरू पूरा गरिएको छ।
फागुन २१ गते सम्पन्न निर्वाचनमा विभिन्न दलहरूले सिट प्राप्त गरेका छन्, जसमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२, नेपाली कांग्रेसले ३८, नेकपा (एमाले)ले २५, नेपाल कम्युनिस्ट पार्टीले १७, श्रम संस्कृति पार्टीले ७ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ सिट जितेका छन्।
काठमाडौं । गगन कुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई सर्वोच्च अदालत ले आधिकारिक मान्यता दिएसँगै पा ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!