तेहरान ।मध्यपूर्वमा जारी तनावपूर्ण युद्धबीच इरानले अमेरिकाले अघि सारेको १५ बुँदे युद्धविराम प्रस्ताव औपचारिक रूपमा अस्वीकार गरेको छ। इरानी पक्षले उक्त प्रस्तावलाई एकपक्षीय, अव्यवहारिक र आफ्नो राष्ट्रिय हितविपरीत भएको भन्दै खारेज गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
अमेरिकाले प्रस्तुत गरेको योजनामा इरानको आणविक कार्यक्रम नियन्त्रणमा राख्ने, मिसाइल क्षमता सीमित गर्ने, क्षेत्रीय सशस्त्र समूहहरूसँगको सम्बन्ध तोड्ने र होर्मुज जलडमरूमा अवरोध हटाउने जस्ता सर्तहरू राखिएका थिए। तर इरानले ती सर्तहरूलाई आफ्नो सार्वभौमिकतामाथिको हस्तक्षेपका रूपमा व्याख्या गर्दै स्वीकार गर्न नसकिने स्पष्ट पारेको छ।
इरानले अमेरिकाको प्रस्ताव अस्वीकार गर्दै आफ्नै सर्तहरू अघि सारेको छ। इरानी प्रस्तावमा सबै प्रकारका आक्रमण तुरुन्त रोक्नुपर्ने, युद्धबाट भएको क्षतिको क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, भविष्यमा आक्रमण नहुने सुनिश्चितता र क्षेत्रीय सुरक्षामा इरानको भूमिकालाई मान्यता दिनुपर्ने माग समावेश गरिएको छ।
यसबीच इरानले अमेरिकासँग प्रत्यक्ष वार्ता नभएको दाबी गरेको छ भने अमेरिका पक्षले भने कूटनीतिक प्रयास जारी रहेको जनाएको छ। दुवै पक्षबीच मध्यस्थ राष्ट्रहरूमार्फत सीमित संवाद भइरहेको बताइएको छ।
युद्धविराम प्रस्ताव अस्वीकार भएसँगै क्षेत्रीय तनाव थप चर्किएको छ। इरानले इजरायल र खाडी क्षेत्रका रणनीतिक संरचनामा आक्रमण जारी राखेको छ भने अमेरिकाले पनि आफ्नो सैन्य उपस्थिति बढाउँदै गएको छ।
इरान–अमेरिका द्वन्द्व तत्काल रोकिने संकेत देखिएको छैन। दुवै पक्ष आ-आफ्नै अडानमा रहँदा युद्ध अझै लम्बिने र क्षेत्रीय अस्थिरता गहिरिने जोखिम बढेको छ।
काठमाडौं । गगन कुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई सर्वोच्च अदालत ले आधिकारिक मान्यता दिएसँगै पा ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!