काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । सर्वोच्च अदालतमा बिहीबार पनि बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । यससँगै आइतबार फेरि सुनुवाइ हुनेछ। लामिछानेमाथि सहकारी ठगीसँगै दायर भएको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको अभियोगपत्र फिर्ताविरुद्धको रिटमा आइतबार फेरि सुनुवाइ हुने भएको हो ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र अव्दुल अजीज मुसलमानको इजलासमा सोमबारदेखि सो रिट हेर्दाहेर्दैमा राखेर सुनुवाइ भइरहेको छ। महान्यायाधिवक्ता सविता भण्डारीले लामिछानेमाथि विभिन्न जिल्लामा विचाराधीन रहेको सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिएकी थिइन् ।
काठमाडौँ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि प्रकाशित गरिने विज्ञापनमा आधिकारिक सम्पर्क ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!