सेटिङको नाममा ठगी गर्ने व्यक्ति रंगेहात पक्राउ

सेटिङको नाममा ठगी गर्ने व्यक्ति रंगेहात पक्राउ

काठमाडौं । दक्षिण कोरिया पठाइदिने भन्दै रकम असुल्ने एक व्यक्तिलाई अध्यागमन विभागले रंगेहात पक्राउ गरेको छ। के एण्ड सी इन्टरनेशनल प्रा।लि।सँग आबद्ध ४७ वर्षीय जगत गुरुङलाई लाजिम्पाटस्थित आफ्नै कार्यालयबाट एक लाख रुपैयाँ लिँदै गर्दा नियन्त्रणमा लिइएको हो।

गुरुङले सिजनल भिसामा दक्षिण कोरिया पठाइदिने भन्दै सेवाग्राहीसँग जनही एक लाख दश हजार रुपैयाँ माग्ने गरेका थिए। उनले ‘अध्यागमनमा सेटिङ मिलाएर मात्र यस्तो भिसामा जान सकिन्छ, नत्र फर्काइन्छ’ भन्दै यात्रुहरुलाई डर देखाउने गरेको खुलेको छ। पीडितका अनुसार उनले यसअघि पनि यस्तै तरिकाले मानिस पठाएको दाबी गर्दै विश्वास दिलाएका थिए। पीडितहरुले अध्यागमन विभागमा उजुरी दिएपछि विभागले नेपाल प्रहरीको अपराध अनुसन्धान ब्यूरोसँग समन्वय गरी उनलाई पक्राउ गरेको हो। रकम अभाव देखाएपछि केही छुट दिएर पनि काम गरिदिने प्रस्ताव गरेको पीडितले बताएका छन्।

छोटो अवधिका लागि दक्षिण कोरिया पठाउने नाममा विभिन्न व्यक्तिहरूले ठगी गर्ने प्रवृत्ति बढ्दै गएको पाइएको छ। सामान्यतया एक वर्षभन्दा कम अवधिको वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति प्रदान नहुने भए पनि यस्ता भिसामा गलत ढंगले प्रस्थान गराउने प्रयास हुने गरेको देखिन्छ।

पक्राउ परेका गुरुङलाई थप अनुसन्धानका लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा बुझाइएको छ। यसैबीच, भिजिट भिसाको दुरुपयोग रोक्न गृह मन्त्रालयले नयाँ मापदण्ड लागू गरेको छ। अब सम्बन्धित देशको भिसा, कम्तीमा ६ महिना वैध राहदानी र हवाई टिकट भएमा पर्यटकका रूपमा प्रस्थान गर्न पाइनेछ। साथै, यात्रुले स्वघोषणा अनिवार्य रूपमा गर्नुपर्ने व्यवस्था गरिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

वैदेशिक रोजगारीका विज्ञापनमा सम्पर्क विवरण अनिवार्य
4 घण्टा अगाडि

काठमाडौँ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि प्रकाशित गरिने विज्ञापनमा आधिकारिक सम्पर्क ...

छुटाउनुभयो कि ?

TOP