नेकपा एमाले सचिव बस्नेतले ओली–लेखक गिरफ्तारीलाई ‘राजनीतिक प्रतिशोध’ भने

नेकपा एमाले सचिव बस्नेतले ओली–लेखक गिरफ्तारीलाई ‘राजनीतिक प्रतिशोध’ भने

काठमाडौं।नेकपा एमालेका सचिव महेश बस्नेतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको गिरफ्तारी राजनीतिक प्रतिशोध र पूर्वाग्रहको संकेत भएको बताएका छन्।

बस्नेतले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् कि, “बालेन सरकारद्वारा सुधन गुरुङजस्ता अनुभवहीन, अराजक र विवादित व्यक्तिलाई गृहमन्त्री बनाइएको तथा पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई गिरफ्तार गरिएको घटनाले देशमा द्वन्द्व बढ्ने अवस्था सिर्जना गरेको छ।”

उनले भने, सरकारी सम्पदा र आफ्नै चौकी सुरक्षित राख्न नसक्ने प्रहरीहरू आज लोकतन्त्रका लागि लडेका नेताहरूलाई गिरफ्तार गर्न हजारौं संख्यामा खटिनु दुःखद भएको छ।

बस्नेतले जनता समक्ष आह्वान गर्दै भने:
“प्रतिशोधको राजनीतिबाट देशलाई जोगाउन र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्न, एमालेको तर्फबाट आजदेखि सुरु हुने प्रदर्शनमा सहभागी बनौँ। बिहान ८:३० बजे बस्ने सचिवालयको बैठकपछि कार्यक्रमबारे विस्तृत जानकारी दिइनेछ।”

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

उच्च अदालतको अनुरोधपछि बुटवलमा अतिक्रमण हटाउने प्रक्रिया अघि बढ्यो
एक महिना अगाडि

बुटवल। उच्च अदालत बुटवल को अनुरोधपछि बुटवलमा सरकारी जग्गा अतिक्रमण हटाउने प्रक्रिया अघि बढाइएको छ। ड ...

छुटाउनुभयो कि ?

TOP