एमाले सचिव महेश बस्नेत पक्राउ गर्ने तयारीमा प्रहरी

एमाले सचिव महेश बस्नेत पक्राउ गर्ने तयारीमा प्रहरी

काठमाडौं। नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतलाई पक्राउ गर्ने तयारीस्वरूप प्रहरीले सादा पोशाकमा निगरानी तथा खोजी कार्य तीव्र पारेको छ।
 स्रोतका अनुसार उनीमाथि भइरहेको अनुसन्धानका आधारमा नियन्त्रणमा लिने तयारी गरिएको हो।

प्रहरी परिचालनको जानकारी पाएपछि बस्नेत हाल सम्पर्कविहीन रहेको बताइएको छ। सुरक्षा निकायले सम्भावित स्थानहरूमा निगरानी बढाएको छ भने आवश्यक परे विशेष टोली परिचालन गर्ने तयारी समेत गरिएको जनाइएको छ।

यता, बस्नेतलाई पक्राउ गर्न सकिने खबर सार्वजनिक भएसँगै ललितपुरको च्यासलस्थित नेकपा एमाले केन्द्रीय कार्यालयमा तनावको अवस्था देखिएको छ। भ्रातृ संगठन राष्ट्रिय युवा संघका नेता तथा कार्यकर्ता ठूलो संख्यामा भेला भएका छन्। पार्टी कार्यालय आसपास सुरक्षा व्यवस्था कडा बनाइएको छ।

प्रहरी स्रोतका अनुसार कानूनअनुसार अनुसन्धान प्रक्रिया अघि बढाइएको हो। तर एमाले नेताहरूले भने यसलाई राजनीतिक प्रतिशोधका रूपमा व्याख्या गर्दै विरोध जनाएका छन्।

घटनाक्रमले राजनीतिक वातावरण थप तातेको छ भने सम्भावित असहज अवस्था रोक्न सुरक्षा निकाय उच्च सतर्कतामा रहेको जनाइएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

वैदेशिक रोजगारीका विज्ञापनमा सम्पर्क विवरण अनिवार्य
5 घण्टा अगाडि

काठमाडौँ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि प्रकाशित गरिने विज्ञापनमा आधिकारिक सम्पर्क ...

छुटाउनुभयो कि ?

TOP