काठमाडौं। बालेन्द्र शाह नेतृत्वको सरकारले श्रम, रोजगारी तथा सामाजिक सुरक्षा मन्त्रालयमार्फत श्रमिकमैत्री सुधारका महत्वपूर्ण कार्यहरू अघि सारेको छ। श्रम स्वीकृतिदेखि सामाजिक सुरक्षा, वैदेशिक रोजगारी व्यवस्थापनसम्मका क्षेत्रमा व्यापक परिवर्तन गर्ने लक्ष्यसहित योजना सार्वजनिक गरिएको हो।
सरकारले श्रम स्वीकृतिमा टोकन प्रणाली लागू गर्दै सेवाग्राहीलाई हुने झन्झट अन्त्य गर्ने निर्णय गरेको छ। अब आवेदन दिएकै दिन श्रम स्वीकृति जारी गरिने व्यवस्था मिलाइने बताइएको छ।
त्यसैगरी, वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्व-प्रस्थान अभिमुखीकरण तालिम अब अनलाइनमार्फत सञ्चालन गरिनेछ। हाल व्यवसायीमार्फत शुल्क लिएर दिइने उक्त तालिम अब निःशुल्क उपलब्ध गराइने सरकारको योजना छ।
श्रमिकहरूको हकहित सुनिश्चित गर्न हरेक क्षेत्रका लागि न्यूनतम ज्याला निर्धारण गरी पूर्ण कार्यान्वयनमा जोड दिइनेछ। साथै, सामाजिक सुरक्षा कोषमा सबै क्षेत्रका श्रमिकलाई आबद्ध गराउने अभियान सञ्चालन गरिने बताइएको छ।
श्रमाधान कल सेन्टरलाई अझ प्रभावकारी बनाइने तथा औद्योगिक प्रतिष्ठानहरूमा जोखिम मूल्यांकन गरी व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षा प्रवर्द्धन गर्ने योजना पनि अघि सारिएको छ।
यसैबीच, वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन पाँच देशसँग द्विपक्षीय श्रम सम्झौता गर्ने तयारी गरिएको छ। मन्त्रालयसँग सम्बन्धित विद्यमान कानुनहरू पनि समयानुकूल संशोधन गरिने सरकारको योजना छ।
सरकारका यी कदमहरूले श्रमिकको अधिकार संरक्षण, सेवा प्रवाहमा सहजता र वैदेशिक रोजगारीलाई सुरक्षित तथा मर्यादित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
काठमाडौँ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि प्रकाशित गरिने विज्ञापनमा आधिकारिक सम्पर्क ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!