काठमाडौँ ।हाल देशभर पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखा ले जनाएको छ। यस प्रभावका कारण लुम्बिनी र सुदूरपश्चिमसहित अधिकांश पहाडी भूभागमा आंशिकदेखि साधारण बदली रहेको छ भने अन्य क्षेत्रको मौसम मुख्यतया सफा रहेको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश र मधेस प्रदेश लगायत देशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहनेछ। तराई क्षेत्रमा भने आंशिक बदली रहने अनुमान गरिएको छ।
कोशी प्रदेशसहित पहाडी र हिमाली क्षेत्रका केही स्थान तथा अन्य भूभागका थोरै स्थानमा चट्याङ्ग र असिनासहित मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातसमेत हुन सक्ने महाशाखाले जनाएको छ।
आज राति भने कोशी प्रदेशलगायत हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने पहाडी भूभागमा आंशिक बदली रहनेछ। तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।
यसैगरी बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश का हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाइएको छ।
महाशाखाले सम्भावित चट्याङ्ग, असिना र वर्षाबाट सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ।
काठमाडौं । गगन कुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई सर्वोच्च अदालत ले आधिकारिक मान्यता दिएसँगै पा ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!