काठमाडौं।रूपन्देहीमा मृतक व्यक्तिको नाममा रहेको जग्गा फर्जी कागजातको आधारमा नामसारी गरिएको गम्भीर भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।
जिल्ला रूपन्देही, सियारी गाउँपालिका–२ बस्ने मृतक बेलर कहारको नाममा रहेको जग्गा उनका कानुनी हकवालाको नाममा हस्तान्तरण हुनुपर्ने अवस्थामा मालपोत कार्यालय, स्थानीय तहका पदाधिकारी तथा केही व्यक्तिहरूको मिलेमतोमा फर्जी कागजात तयार गरी जग्गा अर्कै व्यक्तिको नाममा नामसारी गरिएको अनुसन्धानबाट खुलेको हो।
करिब २–०–५ बिघाहा क्षेत्रफलको जग्गामा यसरी अनियमितता गरिएको अख्तियारको दाबी छ।
अनुसन्धान अनुसार मृतकको हक कायम हुनुपर्ने अवस्थामा फर्जी नाता प्रमाणित कागजात तयार पारिएको, सर्जमिन मुचुल्का झुट्टा विवरणका आधारमा बनाइएको, स्थानीय तहबाट गलत सिफारिस तथा चारकिल्ला प्रमाणित गरिएको र ती कागजातका आधारमा मालपोत कार्यालयबाट नामसारी तथा दा.खा. प्रक्रिया अघि बढाइएको पाइएको छ।
त्यसैगरी सरकारी अभिलेखमै झुट्टा विवरण प्रविष्ट गरी पूर्जा समेत जारी गरिएको अख्तियारले जनाएको छ। यस क्रममा मृतकको वास्तविक हकवाला छोरी सन्जु कहारलाई सम्पत्ति नदिई अन्य व्यक्तिको नाममा कायम गरिएको आरोप छ।
अख्तियारले प्रतिवादीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद र जरिवानाको मागदाबी लिएको छ।
प्रतिवादीहरूमा तत्कालीन प्रमुख मालपोत अधिकृत कुमार आचार्य, मालपोत अधिकृत भूमिश्वर ढकाल, नायब सुब्बा राजु शर्मा, खरिदार अजित कुमार साहनी, तत्कालीन वडा अध्यक्ष रामकिशन थारू, वडा सदस्य वृजनारायण यादव र बुद्धिराम कहार रहेका छन्।
यो प्रकरणले सरकारी अभिलेख प्रणाली, मालपोत कार्यालयको कार्यशैली र स्थानीय तहको सिफारिस प्रक्रियामाथि गम्भीर प्रश्न उठाएको छ।
काठमाडौँ । आगामी आर्थिक वर्ष करिब एक हजार किलोमिटर सडक कालोपत्र तथा २७५ वटा सडक पुल निर्माण गरिने लक ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!