काठमाडौं । काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाल पक्राउ परेका छन्। अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
रिजालमाथि गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा अत्यधिक बल प्रयोग गरी दमन गरेको आरोप लागेको छ। उक्त घटनापछि उनी एक महिनासमेत नपुग्दै पदबाट हटाइएका थिए।
गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले रिजालसहित अन्य उच्च पदस्थ व्यक्तिहरूमाथि कारबाही सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा यसअघि केपी शर्मा ओली र रमेश लेखक समेत पक्राउ परिसकेका छन्।
रिजाल यसअघि गृह मन्त्रालयको प्रशासन महाशाखा प्रमुखका रूपमा कार्यरत थिए। त्यतिबेला कर्मचारी सरुवा–पदस्थापनमा अनियमितता गरेको आरोपसमेत उनीमाथि लागेको छ।
यसैबीच, अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले विशेष अदालतमा दायर गरेको विवरणअनुसार रिजालमाथि भ्रष्टाचारसम्बन्धी अनुसन्धानसमेत जारी रहेको जनाएको छ। घटनासँग सम्बन्धित अन्य व्यक्तिहरूमाथि पनि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
काठमाडौं । गगन कुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई सर्वोच्च अदालत ले आधिकारिक मान्यता दिएसँगै पा ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!