संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान

संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपतिबाट संघीय संसद्को अधिवेशन आह्वान भएपछि संसद् सचिवालयले सर्वदलीय बैठक बोलाएको छ। गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित सांसदहरूको पहिलो बैठक १९ चैत दिउँसो २ बजेका लागि तय गरिएको छ।

संघीय संसद् सचिवालयका सहसचिव तथा प्रवक्ता एकराम गिरीका अनुसार बुधबार दिउँसो १ बजे सर्वदलीय बैठक बस्नेछ। प्रतिनिधिसभाको बैठक सुरु हुनुभन्दा एक घण्टा अघि हुने उक्त बैठकमा सबै राजनीतिक दलका प्रतिनिधि, सरकारका प्रतिनिधि तथा संसद् सचिवालयका अधिकारीहरू सहभागी हुनेछन्।

आगामी प्रतिनिधिसभा बैठकले सभामुख निर्वाचन प्रक्रिया अघि बढाउने प्रमुख कार्यसूची राख्नेछ। साथै, आवश्यक ठानेमा राजनीतिक दलका शीर्ष नेताहरूले शुभकामना मन्तव्य राख्ने परम्परा पनि रहेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP