काठमाडौं । सामाजिक सञ्जालमार्फत भइरहेको डिजिटल हिंसाको विरोध गर्दै अमिसाले साइबर ब्यूरोमा उजुरी दिएकी छन्। आफूमाथि आएका अश्लील तथा धम्कीपूर्ण कमेन्ट र सन्देशहरू संकलन गरी उनले सम्बन्धित निकायमा कारबाहीको मागसहित उजुरी दर्ता गराएकी हुन्।
अमिसाले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउको विरोधमा आयोजित प्रदर्शनमा सहभागी हुँदै दिएको अभिव्यक्तिपछि आफू लक्षित आक्रमणमा परेको बताएकी छन्। उक्त अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा गालीगलौज, चरित्रहत्या तथा ज्यानको धम्कीसमेत आउने गरेको उनको भनाइ छ।
उनका अनुसार केही व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत अत्यन्त अश्लील भाषा प्रयोग गर्दै बलात्कारजस्ता गम्भीर धम्कीसमेत दिएका छन्। यस्ता गतिविधिले आफू मानसिक रूपमा प्रभावित भएको भन्दै उनले त्यसविरुद्ध कानुनी प्रक्रिया अघि बढाएको जानकारी दिइन्।
अमिसाले आफूविरुद्ध आएका सबै प्रमाण-जस्तै कमेन्ट र मेसेजहरू-संकलन गरेर साइबर ब्यूरोमा पेश गरेकी छन्। ती आधारमा दोषीलाई कानुनअनुसार कारबाही गर्न उनले माग गरेकी छन्। डिजिटल प्लेटफर्ममा हुने यस्ता हिंसात्मक व्यवहार नियन्त्रण गर्न सम्बन्धित निकायले कडा कदम चाल्नुपर्ने आवश्यकता समेत उनले औंल्याएकी छन्।
काठमाडौं ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ले स्वास्थ्य सेवा व्यवस्थापनलाई अझ प्रभावकारी र सहज बनाउन ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!