सपना प्रधान मल्ल कामु प्रधानन्यायाधीश

सपना प्रधान मल्ल कामु प्रधानन्यायाधीश

काठमाडौं । सर्वोच्च अदालतकी बरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल आजदेखि कायम मुकायम (कामु) प्रधानन्यायाधीशको जिम्मेवारीमा आएकी छन्।

पूर्व प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत ६५ वर्षे उमेरहदका कारण अवकाश भएपछि संविधानअनुसार बरिष्ठतम न्यायाधीश मल्ल स्वतः कामु प्रधानन्यायाधीश बनेकी हुन्। नेपालको संविधानको धारा १२९(९) अनुसार प्रधानन्यायाधीशको पद रिक्त हुँदा बरिष्ठतम न्यायाधीशले उक्त जिम्मेवारी सम्हाल्ने व्यवस्था छ।

मल्ल १७ साउन २०७३ मा सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएकी थिइन्। झण्डै एक दशकको कार्यकालमा उनले विशेषगरी लैंगिक न्याय, घरेलु हिंसा तथा संवैधानिक मुद्दामा महत्वपूर्ण नजिर स्थापना गरेकी छन्।

यसअघि न्याय परिषदले प्रधानन्यायाधीशका लागि योग्य ६ जना न्यायाधीशको नाम संवैधानिक परिषदमा पठाएको थियो, जसमा मल्लसहित अन्य न्यायाधीशहरू पनि समावेश थिए। तर प्रतिनिधिसभा विघटनपछि संवैधानिक परिषद पूर्णरूपमा क्रियाशील नभएकाले नयाँ प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया प्रभावित भएको छ।
अब संसद् अधिवेशनपछि सभामुख, उपसभामुख तथा प्रमुख प्रतिपक्षी दलको नेता चयन भएसँगै संवैधानिक परिषदले पूर्णता पाउने अपेक्षा गरिएको छ। त्यसपछि मात्रै नयाँ प्रधानन्यायाधीश सिफारिस, संसदीय सुनुवाइ र नियुक्ति प्रक्रिया अघि बढ्नेछ।

सपना प्रधान मल्ल कानून व्यवसायमा लामो अनुभव भएकी व्यक्तित्व हुन्। उनले त्रिभुवन विश्वविद्यालय अन्तर्गत नेपाल ल क्याम्पसबाट कानूनमा स्नातक गरेकी हुन् भने दिल्ली विश्वविद्यालय बाट स्नातकोत्तर र हार्वर्ड विश्वविद्यालय बाट जनप्रशासनमा स्नातकोत्तर गरेकी छन्।
उनी पूर्व संविधानसभा सदस्य समेत हुन् र संयुक्त राष्ट्रसंघको यातना विरुद्धको समितिमा विज्ञ सदस्यको रूपमा पनि काम गरिसकेकी छन्। २०४५ सालदेखि कानून व्यवसायमा सक्रिय मल्लले २०६९ सालमा बरिष्ठ अधिवक्ताको उपाधि प्राप्त गरेकी थिइन्।

यदि उनी पूर्णकालीन प्रधानन्यायाधीश नियुक्त भइन् भने ६५ वर्षे उमेरहद अनुसार ३० कार्तिक २०८५ सम्म पदमा रहनेछिन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

वैदेशिक रोजगारीका विज्ञापनमा सम्पर्क विवरण अनिवार्य
4 घण्टा अगाडि

काठमाडौँ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि प्रकाशित गरिने विज्ञापनमा आधिकारिक सम्पर्क ...

छुटाउनुभयो कि ?

TOP