एकै दिन तोलामा ७ हजार ४ सय रुपैयाँले बढ्यो सुन

एकै दिन तोलामा ७ हजार ४ सय रुपैयाँले बढ्यो सुन

काठमाडौं । बुधबार सुनको भाउ तोलामा ७ हजार ४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९७ हजार ६ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९० हजार २ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

समग्रमा विगत एक सातामा सुनको भाउ ९ हजार १ सय रुपैयाँ बढेको छ । गत बुधबार २ लाख ८८ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । आज चाँदी पनि बढेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला १०० रुपैयाँ बढेको हो । हिजो प्रतितोला ४ हजार ८४५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ९४५ रुपैयाँमा पुगेको छ ।

गत बुधबार चाँदी प्रतितोला ४ हजार ४९२० रुपैयाँमा कारोबार भएको थियो ।

 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

डिजिटल स्वास्थ सेवा प्रदान गर्न 'नि :शुल्क स्वास्थ" नामक अनलाइन पोर्टल संचालनमा
4 घण्टा अगाडि

काठमाडौं ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ले स्वास्थ्य सेवा व्यवस्थापनलाई अझ प्रभावकारी र सहज बनाउन ...

छुटाउनुभयो कि ?

TOP