एमाले संसदीय दलको बैठक सुरु

एमाले संसदीय दलको बैठक सुरु

काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक सुरू भएको छ । भोलिदेखि संसदको अधिवेशन सुरू हुँदैछ । च्यासलमा जारी बैठकले संसदीय दलको नेता, प्रमुख सचेतक र सचेतकको टुंगो लगाउने बताइएको छ ।

दलको नेतामा उपाध्यक्ष रामबहादुर थापाको चर्चा छ । तर, सुहाङ नेम्वाङलगायतले पनि दलको नेतामा दाबी रहने बताएका छन् । पार्टीमा आन्तरिक र बाहिर पनि सुहाङलाई दलको नेताको रूपमा देख्न चाहेको समाचारहरू आइरहेको छ ।

एमालेबाट प्रत्यक्षतर्फ ९ र समानुपातिक तर्फ १६ सीट सहित २५ जना सांसद छन् । आजको बैठकमा महासचिव शंकर पोखरेलले सांसदहरूलाई पार्टीको नीति र संसदमा निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा जानकारी गराउने बताइएको छ । संसदीय दलको बैठकमा उपाध्यक्ष विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, लगायत पदाधिकारी पनि सहभागी छन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

डिजिटल स्वास्थ सेवा प्रदान गर्न 'नि :शुल्क स्वास्थ" नामक अनलाइन पोर्टल संचालनमा
4 घण्टा अगाडि

काठमाडौं ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ले स्वास्थ्य सेवा व्यवस्थापनलाई अझ प्रभावकारी र सहज बनाउन ...

छुटाउनुभयो कि ?

TOP