सुनचाँदीको मूल्य केही घट्यो

सुनचाँदीको मूल्य केही घट्यो

काठमाडौँ ।  स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य केही घटेको छ । सुन तोलामा तीन हजार ६०० र चाँदी १६५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९४ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ७८० कायम भएको छ । 

हिजो बुधबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ९७ हजार ६०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ९४५ कायम भएको थियो । गत मङ्गलबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९० हजार २०० र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ८४५ कायम भएको थियो । 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार २०० र त्यति नै परिमाणको चाँदी ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP