काठमाडौं चैत्र १९ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले आजको पहिलो संसद बैठकमा सम्बोधन गर्दै देशमा समानता, सुशासन र जनमुखी नीतिलाई प्राथमिकता दिने बताएका छन्।
“अब जातका आधारमा कोही पनि हेपिने छैन,” भन्दै उनले विभेद अन्त्य गर्ने स्पष्ट अडान राखे। उनले शिक्षा र स्वास्थ्य सेवामा सबै नागरिकको समान पहुँच सुनिश्चित गरिने बताउँदै यसलाई सरकारको प्रमुख एजेन्डा बनाइने उल्लेख गरे।
वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरूलाई बिचौलियाबाट हुने ठगी अब सह्य नहुने भन्दै उनले कडा कदम चाल्ने प्रतिबद्धता व्यक्त गरे। “श्रमिकहरू अब ठगिने छैनन्, राज्य उनीहरूको सुरक्षाका लागि जिम्मेवार हुनेछ,” उनले भने।
त्यसैगरी, जी–एन–जी आन्दोलनका सहिद तथा घाइतेहरूलाई सम्झँदै उनीहरूको योगदानको कदर गरिने बताएका छन्। साथै, संसदमा रहेका प्रतिपक्षी दलका उचित सुझावहरूलाई समेत समेट्दै सहकार्यको राजनीति अघि बढाइने उनको भनाइ थियो।
उनको मन्तव्यलाई नयाँ सोच र परिवर्तनको संकेतका रूपमा हेरिएको छ।
काठमाडौं। सरकारी कागजात किर्ते गरी अनुसन्धान प्रभावित पार्ने प्रयास गरेको आरोपमा आयोजना प्रमुख र शाख ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!