सम्पत्ति शुद्धीकरण प्रकरण : व्यवसायी दिपक भट्ट पक्राउ

सम्पत्ति शुद्धीकरण प्रकरण : व्यवसायी दिपक भट्ट पक्राउ

काठमाडौँ ।सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेका व्यवसायी दिपक भट्ट पक्राउ परेका छन्।

अध्यागमन विभागले उनको पासपोर्ट रोक्का गरेसँगै विदेश आवत–जावतमा निगरानी बढाइएको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको छ। विभागले सम्पत्ति शुद्धीकरण विभागको पत्रका आधारमा मंगलबारदेखि उनको राहदानी रोक्का गरेको थियो।

भट्टमाथि अवैध सम्पत्ति आर्जन तथा राजस्व छलीसम्बन्धी आरोपमा अनुसन्धान भइरहेको छ। पासपोर्ट रोक्का गरिएपछि उनी विदेश जान नपाउने व्यवस्था गरिएको थियो।

उनीलाई यसअघि नै निगरानी सूचीमा राखिएको र आवश्यक परेमा नियन्त्रणमा लिने तयारी गरिएको थियो। सोही प्रक्रियाअनुसार उनलाई पक्राउ गरिएको जनाइएको छ।

प्रहरीले भट्टमाथि थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP