सर्वोच्चको आदेश: ओली–लेखकबारे २६ चैतभित्र अनुसन्धान टुङ्ग्याउनू, नभए थुनामुक्त

सर्वोच्चको आदेश: ओली–लेखकबारे २६ चैतभित्र अनुसन्धान टुङ्ग्याउनू, नभए थुनामुक्त

काठमाडौ ।सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकमाथि भइरहेको अनुसन्धान निर्धारित समयभित्र टुङ्ग्याउन आदेश दिएको छ।

सोमबार न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो। इजलासले दुवै जनालाई तत्काल थुनामुक्त गर्न अस्वीकार गरेको छ।

तर सर्वोच्चले स्पष्ट रूपमा २६ चैत (बिहीबार) भित्र अनुसन्धान प्रक्रिया पूरा गर्नुपर्ने उल्लेख गरेको छ। तोकिएको समयसीमाभित्र अनुसन्धान टुङ्गिन नसके उनीहरूलाई हिरासतबाट मुक्त गरी थप अनुसन्धान तथा तहकिकातको प्रक्रिया अगाडि बढाउनुपर्ने आदेशमा भनिएको छ। अदालतको आदेशमा फौजदारी कार्यविधि संहिताअनुसार प्रक्रिया पूरा गरी आवश्यक कानुनी कदम चाल्नुपर्ने उल्लेख गरिएको छ।

भदौ २३ मा भएको जेनजी आन्दोलनका क्रममा १९ जनाको ज्यान गएको घटनासँग सम्बन्धित यस प्रकरणमा अत्यधिक बल प्रयोग भएको र त्यसलाई रोक्न पर्याप्त प्रयास नगरिएको आरोप लगाइएको छ। सोही आरोपका आधारमा १४ चैतमा ओली र लेखकलाई पक्राउ गरिएको थियो।

हाल प्रहरीले ज्यानसम्बन्धी कसुर अन्तर्गत अनुसन्धान जारी राखेको छ। जिल्ला अदालत काठमाडौंको अनुमति अनुसार दुवै जनालाई हिरासतमा राखिएको छ। सर्वोच्च अदालतको आदेशसँगै अब अनुसन्धान निकायमाथि तोकिएको समयभित्रै निष्कर्षमा पुग्नुपर्ने दबाब बढेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

वैदेशिक रोजगारीका विज्ञापनमा सम्पर्क विवरण अनिवार्य
4 घण्टा अगाडि

काठमाडौँ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि प्रकाशित गरिने विज्ञापनमा आधिकारिक सम्पर्क ...

छुटाउनुभयो कि ?

TOP