नेपाल–यूएईबीच उच्चस्तरीय टेलिफोन वार्ता, आक्रमणप्रति कडा निन्दा

नेपाल–यूएईबीच उच्चस्तरीय टेलिफोन वार्ता, आक्रमणप्रति कडा निन्दा

काठमाडौं । शिशिर खनाल र शेख अब्दुल्लाह बिन जायेद अल नह्यानबीच सोमबार साँझ टेलिफोन संवाद भएको छ।

संवादका क्रममा यूएईका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेख अब्दुल्लाहले खनाललाई बधाई दिएका थिए भने खनालले त्यसप्रति धन्यवाद व्यक्त गरेका थिए।

वार्तामा पश्चिम एशियाको विकसित परिस्थितिबारे छलफल भएको थियो। परराष्ट्रमन्त्री खनालले संयुक्त अरब इमिरेट्सको सार्वभौमसत्तामाथि भएका आक्रमणप्रति नेपाल सरकारको ऐक्यबद्धता व्यक्त गर्दै नागरिक तथा ऊर्जा संरचना, बन्दरगाह र विमानस्थलजस्ता पूर्वाधारमा भएका आक्रमणको कडा शब्दमा निन्दा गरे।

उक्त घटनामा एक नेपाली युवाको ज्यान गएको तथा २४ जना नेपाली घाइते भएको विषय पनि खनालले उल्लेख गरेका थिए।

खनालले युद्ध कुनै पनि हालतमा शान्तिको विकल्प हुन नसक्ने उल्लेख गर्दै स्थायी समाधान कूटनीति र संवादमार्फत मात्र सम्भव हुने धारणा राखे।

यता, यूएईका परराष्ट्रमन्त्रीले द्वन्द्वका बीचमा त्यहाँ रहेका नेपाली समुदायलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउँदै नेपाल सरकार र परराष्ट्रमन्त्रीप्रति ऐक्यबद्धताका लागि आभार व्यक्त गरेका छन्। साथै यूएई सरकारले आफ्ना सबै बासिन्दाको सुरक्षा सुनिश्चित गर्ने प्रतिवद्धता दोहोर्‍याएकोछ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

वैदेशिक रोजगारीका विज्ञापनमा सम्पर्क विवरण अनिवार्य
5 घण्टा अगाडि

काठमाडौँ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि प्रकाशित गरिने विज्ञापनमा आधिकारिक सम्पर्क ...

छुटाउनुभयो कि ?

TOP