भारतीय नागरीक तुलसी घिमिरेलाई मानार्थ नेपाली नागरिकता

भारतीय नागरीक तुलसी घिमिरेलाई मानार्थ नेपाली नागरिकता

काठमाडौं । भारतीय नागरिक तुलसी घिमिरेलाई मानार्थ नेपाली नागरिकता दिने प्रक्रिया अगाडि बढाइएको छ। सूचना तथा सञ्चार मन्त्रालयले गृह मन्त्रालयलाई पत्र लेख्दै आवश्यक प्रक्रिया अघि बढाउन अनुरोध गरेको हो।

नेपाली भाषा, कला र संस्कृतिमा उनको योगदानको कदरस्वरूप यो सम्मान दिन लागिएको जनाइएको छ। चलचित्र विकास बोर्डको सिफारिस र २०६८ असार २४ को निर्णयअनुसार प्रक्रिया अघि बढाइएको हो। ‘कुसुमे रुमाल’, ‘चिनो’, ‘दुई थोपा आँसु’ र ‘दर्पण छायाँ’ का निर्देशक घिमिरे भारतीय नागरिक हुन्। 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

मधेस सरकारबाट जनमत पार्टीको समर्थन फिर्ता
एक महिना अगाडि

महेन्द्रनगर ।जनमत पार्टीले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । प्रदेश प्रमुखको कार्या ...

छुटाउनुभयो कि ?

TOP