वैदेशिक रोजगार सुधारका लागि व्यवसायी संघले श्रममन्त्रीलाई बुझायो ७-बुँदे ज्ञापनपत्र

वैदेशिक रोजगार सुधारका लागि व्यवसायी संघले श्रममन्त्रीलाई बुझायो ७-बुँदे ज्ञापनपत्र

काठमाडौँ।नेपाल वैदेशिक रोजगार व्यवसायी संघ (NAFEA) ले वैदेशिक रोजगारी क्षेत्र पारदर्शी, छिटो, सरल र श्रमिकमैत्री बनाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीलाई ७-बुँदे ज्ञापनपत्र बुझाएको छ।

संघका अध्यक्ष भुवनसिंह गुरुङको नेतृत्वमा टोलीले आज मन्त्रीलाई ज्ञापन बुझाउँदै वैदेशिक रोजगार क्षेत्रमा देखिएका व्यावहारिक समस्या तत्काल सम्बोधन गर्न आग्रह गरेको हो। ज्ञापनपत्रमा प्रमाणीकरण प्रक्रिया, श्रम सहचारी, धरौटी ब्याज, अतिरिक्त शुल्क र दूतावास प्रक्रियासम्बन्धी महत्वपूर्ण विषय समेटिएका छन्।

NAFEA ले प्रस्तुत गरेको सात मुख्य माग यस प्रकार छन्:

१,मागपत्र प्रमाणीकरण छोटो र स्पष्ट बनाउने – मागपत्र प्रमाणीकरण ढिलाइ हुँदा कामदार र व्यवसायी दुवै मर्कामा पर्ने भएकोले, बढीमा एक हप्ताभित्र प्रमाणीकरण र दूतावासमार्फत प्राप्त मागपत्र छिटो स्वीकृति सुनिश्चित गर्न अनुरोध।

२,श्रम सहचारी नियुक्ति कार्यान्वयन ५ हजार भन्दा बढी नेपाली कामदार भएका देशमा वैदेशिक रोजगार ऐनअनुसार श्रम सहचारी राख्न माग। यसले कामदारको सुरक्षा र सेवा सुधार्ने विश्वास संघको छ।

३,धरौटी रकममा ब्याज उपलब्ध गराउने – इजाजतप्राप्त संस्थाले राखेको धरौटीमा ब्याज नपाउँदा व्यवसायी अन्यायमा परेको भन्दै, निजी क्षेत्रसँग समान ब्याजको व्यवस्था गर्न जोड।

४,PCC प्रमाणीकरणमा अतिरिक्त शुल्क हटाउने – यूएई जाने कामदारले VFS Global मार्फत तिर्नुपर्ने करिब १४,२०० रुपैयाँ बराबरको शुल्क हटाउन कूटनीतिक पहलको माग।

५,साउदी दूतावासमा भिसा स्ट्याम्पिङ सुधार – सबै इजाजतप्राप्त संस्थालाई समान पहुँच सुनिश्चित गर्न र अनावश्यक आर्थिक लेनदेन रोक्न औपचारिक पहल।

६,विभाग निर्देशमा व्यावहारिक सुधार – २०८२ चैत्र २९ गते जारी रसिद र हवाई टिकट अनिवार्यसम्बन्धी निर्णयले समस्या निम्त्याएको भन्दै, नितिगत सुधारपछि मात्र पूर्ण कार्यान्वयन गर्न अनुरोध।

७,समग्र क्षेत्रलाई विश्वसनीय र श्रमिकमैत्री बनाउने – माथिका सबै समस्या समाधान हुँदा वैदेशिक रोजगार क्षेत्र व्यवस्थित, पारदर्शी र विश्वसनीय बन्ने विश्वास व्यक्त गर्दै तत्काल नीति तथा कूटनीतिक पहल गर्न आग्रह।

ज्ञापनपत्र बुझ्दा मन्त्रीले प्रस्तुत मागहरूप्रति सकारात्मक रहेको र यथाशीघ्र सम्बोधनका लागि पहल गर्ने आश्वासन दिएको संघले जनाएको छ।

संघले वैदेशिक रोजगारलाई मर्यादित र सुरक्षित बनाउन सरकार, दूतावास र व्यवसायीबीच निरन्तर समन्वय आवश्यक रहेको बताएको छ। हाल संघमा करिब १०४१ वैदेशिक रोजगार एजेन्सी आबद्ध छन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

वैदेशिक रोजगारीका विज्ञापनमा सम्पर्क विवरण अनिवार्य
5 घण्टा अगाडि

काठमाडौँ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि प्रकाशित गरिने विज्ञापनमा आधिकारिक सम्पर्क ...

छुटाउनुभयो कि ?

TOP