गुठी संस्थानको प्रशासकमा ध्रुव घिमिरे, आजै पदभार ग्रहण

गुठी संस्थानको प्रशासकमा ध्रुव घिमिरे, आजै पदभार ग्रहण

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जग्गा प्रशासन महाशाखा प्रमुख ध्रुव घिमिरेलाई गुठी संस्थानको प्रशासकको समेत काम गर्ने गरी थप जिम्मेवारी दिएको छ ।

मन्त्रिस्तरको मिति २०८३ वैशाख २३ गतेको निर्णयअनुसार घिमिरेलाई उक्त जिम्मेवारी दिइएको हो । उनले बिहिवार  गुठी संस्थानमा पदभार ग्रहण गरेका छन् ।

पदभार ग्रहण कार्यक्रममा संस्थानका प्रवक्ता जनक पोखरेलसहित कर्मचारीहरूले नवनियुक्त प्रशासक घिमिरेलाई स्वागत गरेका थिए ।

कार्यक्रममा प्रवक्ता पोखरेलले गुठी संस्थानको परिचय, हाल सञ्चालनमा रहेका गतिविधि तथा संस्थानका समसामयिक विषयबारे जानकारी गराएका थिए ।

नवनियुक्त प्रशासक घिमिरेले सबैको सहयोग र समन्वयमा प्रभावकारी रूपमा कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गर्दै सम्पूर्ण कर्मचारीलाई धन्यवाद ज्ञापन गरेका छन् ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP