काठमाडौं । भारतको नयाँ दिल्लीस्थित जन्तर मन्तरमा कक्रोच जनता पार्टी (सीजेपी) ले आयोजना गरेको प्रदर्शनका क्रममा सम्भावित झडप रोक्न दिल्ली प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार प्रदर्शनका समर्थक र विरोधी समूहबीच तनाव उत्पन्न हुन सक्ने सूचना प्राप्त भएपछि सुरक्षा व्यवस्था कडा पारिएको थियो । सोही क्रममा प्रदर्शनस्थल आसपास अशान्ति फैलाउने प्रयास गरेको आशंकामा ६ जनालाई नियन्त्रणमा लिइएको हो ।
दिल्ली प्रहरीले शान्ति सुरक्षा कायम राख्न पूर्वसावधानीस्वरूप उक्त कदम चालिएको जनाएको छ । नियन्त्रणमा लिइएकामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
प्रदर्शनस्थलको अवस्था हाल सामान्य रहेको र कुनै अप्रिय घटना नभएको प्रहरीले जनाएको छ । सम्भावित झडपलाई समयमै नियन्त्रणमा लिएकाले स्थिति नियन्त्रणमै रहेको अधिकारीहरूले बताएका छन् ।
काठमाडौं-अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युतीय सवारी साधन (ईभी) मा कर बढ्ने सूचना चुहाएको आर ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!