काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी निर्वाचनमा अध्यक्ष पदका लागि त्रिपक्षीय प्रतिस्पर्धा हुने निश्चितप्रायः देखिएको छ। उम्मेदवारी दर्ताको समय नजिकिँदै जाँदा चुनावी सरगर्मी बढेको छ भने विभिन्न समूह अन्तिम तयारीमा जुटेका छन्।
संघको नयाँ कार्यसमिति चयनका लागि अध्यक्षसहित ७ पदाधिकारी र १० सदस्य गरी १७ पदमा निर्वाचन हुँदैछ। यसपटक नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन, नेकपा एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल तथा राष्ट्रिय स्वतन्त्र पार्टी निकट स्वतन्त्र व्यवसायी समूहबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।
लोकतान्त्रिक एसोसिएसनले अध्यक्ष पदका लागि मेघनाथ भुर्तेललाई उम्मेदवार बनाएको छ भने प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालबाट डिकबहादुर खत्री ‘कुमार’ र स्वतन्त्र व्यवसायी समूहबाट हरिबहादुर पाण्डे क्षेत्री अध्यक्ष पदको दौडमा छन्।
वैदेशिक रोजगार क्षेत्र पछिल्लो समय विभिन्न चुनौती र दबाबबाट गुज्रिरहेको अवस्थामा आगामी नेतृत्व कसको हातमा जाने भन्ने विषयलाई व्यवसायीहरूले महत्वका साथ हेरिरहेका छन्। व्यवसायीहरूबीच भइरहेको छलफलमा पनि वर्तमान प्रतिकूल अवस्थालाई व्यवसायी हितमा व्यवस्थापन गर्न सक्ने, सरकारी निकायसँग प्रभावकारी समन्वय गर्न सक्ने तथा व्यवसायको साख जोगाउँदै क्षेत्रका समस्या समाधानमा नेतृत्वदायी भूमिका खेल्न सक्ने व्यक्तिको पक्षमा मत दिनुपर्ने धारणा बलियो बन्दै गएको बताइन्छ।
निर्वाचन नजिकिँदै जाँदा तीनै पक्षले आफ्नो पक्षमा मत तान्न सक्रियता बढाएका छन्। तर अन्तिम निर्णय भने व्यवसायी मतदाताको रोजाइले गर्नेछ। अहिले चुनावी वृत्तमा सबैभन्दा बढी सुनिएको प्रश्न पनि यही हो— तीन दाबेदारमध्ये कसको पक्षमा ढल्केला व्यवसायीको मत ?
काठमाडौं-अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युतीय सवारी साधन (ईभी) मा कर बढ्ने सूचना चुहाएको आर ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!