सङ्घीय संसद्को संयुक्त बैठकलाई राष्ट्रपतिको सम्बोधन

सङ्घीय संसद्को संयुक्त बैठकलाई राष्ट्रपतिको सम्बोधन

काठमाडौँ   । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरेकाछन् । सिंहदरबास्थित सङ्घीय संसद् भवनको बहुउद्देश्यीय बैठक कक्षमा सुरु भएको प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई राष्ट्रपतिले सम्बोधन गरिरहेकाछन् ।  

    बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले सम्बोधनकोप्रति राष्ट्रपतिसमक्ष प्रस्तुत गरे ।  सदनको उच्चासनमा राष्ट्रपति पौडेलसँगै सभामुख डोलप्रसाद आर्याल र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल रहेकाछन् ।  

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा, ९५ बमोजिम सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुभएको हो । बैठकमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, मन्त्रिपरिषद्का सदस्य, दुवै सदनका सांसद उपस्थिति रहेकाछन् ।  

    त्यसअघि राष्ट्रपति पौडेललाई सभामुख अर्याल र राष्ट्रियसभा अध्यक्ष दाहालले स्वागत गरेका थिए । 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

चितवनका विद्यालयलाई ‘स्कुलबस सञ्चालन निर्देशिका’ कार्यान्वयन गर्न अनुरोध
एक महिना अगाडि

चितवन ।भरतपुर महानगरपालिकाभित्र सञ्चालित स्कुल बसलाई निर्देशिका कार्यान्वयन गर्न निर्देशन दिइएको छ । ...

छुटाउनुभयो कि ?

TOP