पाकिस्तानमा अमेरिका–इरान वार्ता निष्कर्षविहीन, २१ घण्टे संवाद पनि सहमतिविहीन

पाकिस्तानमा अमेरिका–इरान वार्ता निष्कर्षविहीन, २१ घण्टे संवाद पनि सहमतिविहीन

काठमाडौं।अमेरिका र इरान बीच इस्लामाबाद मा सम्पन्न उच्चस्तरीय वार्ता कुनै ठोस सहमति बिना टुंगिएको छ। करिब २१ घण्टासम्म चलेको लामो वार्तापछि पनि दुवै पक्षबीचका गम्भीर मतभेद यथावत् रहेको बताइएको छ।

पाकिस्तान को मध्यस्थतामा भएको उक्त वार्ता हालैको तनाव र झन्डै डेढ महिनादेखि जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले आयोजना गरिएको थियो। वार्तामा दुई देशका उच्चस्तरीय प्रतिनिधिहरू सहभागी थिए।

वार्तामा मुख्य रूपमा इरानको न्यूक्लियर कार्यक्रम, विशेष गरी युरेनियम समृद्धि रोक्ने विषयमा अमेरिका कडा अडानमा देखिएको थियो भने इरानले आफ्नो परमाणु कार्यक्रम राष्ट्रिय अधिकारको विषय भएको भन्दै सम्झौता गर्न अस्वीकार गरेको जनाइएको छ। साथै, आर्थिक प्रतिबन्ध हटाउने, युद्ध क्षतिपूर्ति तथा Hormuz Strait मा नियन्त्रणजस्ता विषयमा समेत सहमति जुट्न सकेन।

सन् १९७९ पछि पहिलो पटक भएको प्रत्यक्ष उच्चस्तरीय संवाद भए पनि गहिरो अविश्वासका कारण वार्ता निष्कर्षमा पुग्न नसकेको विश्लेषण गरिएको छ।

वार्ता निष्कर्षविहीन बनेसँगै जारी युद्धविराम समेत जोखिममा परेको छ। अन्तर्राष्ट्रिय समुदायले भने कूटनीतिक पहललाई निरन्तरता दिन दुवै पक्षलाई आग्रह गरेको छ।

यसबीच, विश्व बजारमा अस्थिरता बढेको छ भने तेल आपूर्तिमा प्रभाव पर्ने चिन्ता समेत व्यक्त गरिएको छ।

पाकिस्तानमा भएको अमेरिका–इरान वार्ता ऐतिहासिक भए पनि तत्काल शान्ति सम्झौता हुन सकेन, र क्षेत्रीय तनाव अझै कायम छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

डिजिटल स्वास्थ सेवा प्रदान गर्न 'नि :शुल्क स्वास्थ" नामक अनलाइन पोर्टल संचालनमा
4 घण्टा अगाडि

काठमाडौं ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ले स्वास्थ्य सेवा व्यवस्थापनलाई अझ प्रभावकारी र सहज बनाउन ...

छुटाउनुभयो कि ?

TOP