झापा र सर्लाहीमा सशस्त्र प्रहरीको कारबाही: ८ लाखभन्दा बढी मूल्यको काठ बरामद

झापा र सर्लाहीमा सशस्त्र प्रहरीको कारबाही: ८ लाखभन्दा बढी मूल्यको काठ बरामद

काठमाडौ ।झापा र सर्लाहीबाट सशस्त्र प्रहरीले ८ लाख १२ हजार ३ सय ३० रुपैयाँ बराबरको काठ बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नेपालका अनुसार झापाको मेचीनगर नगरपालिका–२ स्थित क्षेत्रमा चैत २८ गते ७ लाख ४४ हजार रुपैयाँ बराबरको १ सय ८६ क्यूफिट खयरको गोलिया काठ बरामद गरिएको हो। बेवारिसे अवस्थामा रहेको उक्त काठ सशस्त्र प्रहरी बल, बोर्डर आउट पोष्ट बाहुनडाँगीले नियन्त्रणमा लिएको जनाएको छ।

यस्तै, सर्लाहीको विष्णु गाउँपालिका–२, नदियापकडीबाट चैत २७ गते ६८ हजार ३ सय ३० रुपैयाँ बराबरको १ सय ३६ क्यूफिट सिमलसहितको गोलिया काठ बरामद गरिएको छ। ज १ त २९४९ नम्बरको ट्याक्टरमा लोड गरी गोडैताबाट फुलपरासतर्फ लैजाँदै गरेको अवस्थामा उक्त काठ सशस्त्र प्रहरी बल, बोर्डर आउट पोष्ट बलराले नियन्त्रणमा लिएको हो।

बरामद काठ तथा ट्याक्टर आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

डिजिटल स्वास्थ सेवा प्रदान गर्न 'नि :शुल्क स्वास्थ" नामक अनलाइन पोर्टल संचालनमा
4 घण्टा अगाडि

काठमाडौं ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ले स्वास्थ्य सेवा व्यवस्थापनलाई अझ प्रभावकारी र सहज बनाउन ...

छुटाउनुभयो कि ?

TOP