महान गायिका आशा भोस्ले को निधन

महान गायिका आशा भोस्ले को निधन

काठमाडौं। भारतीय संगीत जगतकी दिग्गज गायिका आशा भोस्ले को ९२ वर्षको उमेरमा निधन भएको छ। उनको आइतबार मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा उपचारका क्रममा निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई शनिबार राति अस्पताल भर्ना गरिएको थियो। केही दिनदेखि छातीमा संक्रमण र अत्यधिक थकानबाट पीडित रहेकी भोस्लेको अवस्था अस्पताल पुगेपछि जटिल बन्दै गएको बताइएको छ। चिकित्सकका अनुसार हृदय र श्वाससम्बन्धी समस्या बढ्दै जाँदा अन्ततः उनको निधन भएको हो।

आशा भोस्ले भारतीय संगीत क्षेत्रमा सबैभन्दा बहुमुखी र सफल गायिकामध्ये एक मानिन्छिन्। उनले करिब सात दशक लामो करियरमा ११ हजारभन्दा बढी गीतहरू विभिन्न भाषामा रेकर्ड गरेकी थिइन्। हिन्दी, मराठी, गजल, भजनदेखि पप र आधुनिक संगीतसम्म उनले आफ्नो स्वरको जादू फैलाएकी थिइन्।

उनले भारतको सर्वोच्च चलचित्र सम्मान ‘दादासाहेब फाल्के पुरस्कार’ सहित पद्म विभूषण, राष्ट्रिय पुरस्कार र फिल्मफेयर अवार्डहरू प्राप्त गरेकी थिइन्। प्रसिद्ध संगीतकार आर.डी. बर्मनसँगको उनको सहकार्यले भारतीय संगीतमा ऐतिहासिक योगदान दिएको मानिन्छ।

आशा भोस्ले को निधनसँगै भारतीय संगीतको एक स्वर्णिम अध्याय समाप्त भएको प्रतिक्रिया कलाकार तथा प्रशंसकहरूले दिएका छन्। उनको अन्तिम संस्कार मुम्बईको शिवाजी पार्कमा राजकीय सम्मानका साथ गरिने जनाइएको छ।

उनको आवाज र योगदानले संगीतप्रेमीहरूको मनमा सधैं जीवित रहने विश्वास गरिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

डिजिटल स्वास्थ सेवा प्रदान गर्न 'नि :शुल्क स्वास्थ" नामक अनलाइन पोर्टल संचालनमा
4 घण्टा अगाडि

काठमाडौं ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ले स्वास्थ्य सेवा व्यवस्थापनलाई अझ प्रभावकारी र सहज बनाउन ...

छुटाउनुभयो कि ?

TOP