सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ सामान्य घटेको छ । सुनको भाउ तोलामा ४ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९६ हजार ७ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन २ लाख ९७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । समग्रमा विगत एक सातामा सुनको भाउ ५ हजार ३ सय रुपैयाँ बढेको छ । गत सोमबार २ लाख ९१ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी पनि घटेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ७५ रुपैयाँ घटेको हो ।

हिजो प्रतितोला ४ हजार ९७५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ९०० रुपैयाँमा झरेको छ । गत सोमबार चाँदी प्रतितोला ४ हजार ७८० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

४.० GPA ल्याउने सौगातलाई १ लाख सम्मान, स्वेत सदनको प्रेरणादायी कार्यक्रम
4 हप्ता अगाडि

काठमाडौं ।स्वेत सदन ईङ्लिस बोर्डिङ सेकेण्डरी स्कुल ले एस.ई.ई. २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेका व ...

छुटाउनुभयो कि ?

TOP