भाडा नतिरेपछि रिपोटर्स क्लवसहित भृकुटीमण्डपका २० कार्यालयमा ताला

भाडा नतिरेपछि रिपोटर्स क्लवसहित भृकुटीमण्डपका २० कार्यालयमा ताला

काठमाडौं । समाज कल्याण परिषद्ले भृकुटीमण्डपभित्र कार्यालय र व्यवसाय सञ्चालन गरेर भाडा नतिर्नेमाथि कारबाही सुरु गरेको छ । परिषद्ले लामो समयदेखि भाडा बक्यौता बाँकी रहेका रिपोटर्स क्लवदेखि अन्य कार्यालय र व्यवसाय सञ्चालन गरेका संरचनामा ताला लगाएको हो । भाडा बक्यौता बुझाउनका लागि पटक पटक सूचना जारी गर्दा समेत भाडा तिर्न अटेर गरेकाले ताला लगाइएको परिषद्ले जनाएको छ । 

परिषद्ले रिपोटर्स क्लव, काठमाडौं पुस्तकालय, फोटो पत्रकार महासंघ, अपाङ्ग महासंघ लगायत २० वटा संरचनामा ताला लगाइएको छ ।  हाल १० करोड भन्दा बढि भाडा उठ्न बाँकी रहेको छ ।

 अब भृकुटीमण्डपभित्र रहेका संरचनालाई व्यवस्थित गरिने तयारी भैरहेको छ । परिषद्ले ताला लगाइएका कार्यालयलाई सात दिनभित्र बक्यौता बुझाउन निर्देशन दिएको छ । महिला तथा बालबालिका मन्त्री सीता बादीेको निर्देशनमा परिषद्ले भाडा बक्यौता उठाउन कडा कदम चालेको हो ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

वैदेशिक रोजगारीका विज्ञापनमा सम्पर्क विवरण अनिवार्य
4 घण्टा अगाडि

काठमाडौँ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि प्रकाशित गरिने विज्ञापनमा आधिकारिक सम्पर्क ...

छुटाउनुभयो कि ?

TOP