काठमाडौं, वैशाख १ — विक्रम संवत् २०८३ साल आजदेखि औपचारिक रूपमा सुरु भएको छ। नयाँ वर्षको आगमनसँगै देशभर उल्लास, उमङ्ग र नयाँ आशाले भरिएको वातावरण देखिएको छ।
राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानमा बिहानैदेखि मन्दिर, धार्मिक स्थल तथा सार्वजनिक स्थलहरूमा दर्शनार्थीको भीड लागेको छ। विशेषगरी पशुपतिनाथ, स्वयम्भूनाथ, चांगुनारायण लगायतका धार्मिक स्थलहरूमा श्रद्धालुहरूले पूजा–आराधना गर्दै नयाँ वर्षको सुरुवात गरेका छन्।
नयाँ वर्षको अवसरमा सरकारी तथा निजी क्षेत्रका विभिन्न संघ–संस्थाले शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेका छन्। सामाजिक सञ्जालहरूमा पनि शुभकामनाको ओइरो लागेको छ भने सर्वसाधारणले विगतका कठिनाइ बिर्सेर नयाँ उत्साहका साथ अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
यसैबीच, नयाँ वर्ष २०८३ लाई समृद्धि, सुशासन र विकासको वर्षका रूपमा मनाउने अपेक्षा गरिएको छ। सरकारले पनि देशको आर्थिक अवस्था सुधार, रोजगारी सिर्जना र जनताको जीवनस्तर उकास्ने लक्ष्यसहित नयाँ योजनाहरू अघि सार्ने संकेत गरेको छ।
रेड मिडियाको तर्फबाट सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा नयाँ वर्ष २०८३ सालको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै, शान्ति, समृद्धि र सफलताको कामना गरिएको छ।
काठमाडौँ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि प्रकाशित गरिने विज्ञापनमा आधिकारिक सम्पर्क ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!