मातातीर्थ औंसीमा आमाप्रति श्रद्धा: मातातीर्थ कुण्डमा बिहानैदेखि श्रद्धालुको घुइँचो

मातातीर्थ औंसीमा आमाप्रति श्रद्धा: मातातीर्थ कुण्डमा बिहानैदेखि श्रद्धालुको घुइँचो

काठमाडौं। आज वैदिक सनातन परम्पराअनुसार मनाइने मातातीर्थ औंसी देशभर श्रद्धा र भावनाका साथ मनाइँदै छ। विशेषगरी आमाको स्मरण र सम्मानका लागि यो दिनलाई महत्वपूर्ण मानिन्छ।

काठमाडौंको मातातीर्थ कुण्ड मा बिहानैदेखि श्रद्धालुहरूको घुइँचो लागेको छ र दिनभर  आउने क्रम जारी रहेनेछ। आमाको देहावसान भइसकेका व्यक्तिहरूले कुण्डमा स्नान गरी, तर्पण तथा पिण्डदान गरेर दिवंगत आमाप्रति श्रद्धाञ्जली अर्पण गरिरहेका छन्। जीवित आमा हुनेहरूले भने आमालाई उपहार, मिठाई र माया साटासाट गर्दै दिन विशेष बनाइरहेका छन्।

धार्मिक मान्यता अनुसार आजकै दिन मातातीर्थ कुण्डमा आमाको अनुहार देखिने विश्वास रहँदै आएको छ। यसै कारण टाढाटाढाबाट समेत श्रद्धालुहरू यहाँ आउने क्रम जारी छ।

दिनभर र बेलुका साँझसम्म समेत यहाँ ठूलो भिडभाड रहने अनुमान गरिएको छ। सोहीअनुसार सुरक्षा व्यवस्थालाई कडा बनाइएको छ भने यातायात व्यवस्थापनमा पनि विशेष ध्यान दिइएको छ।

यस दिनलाई ‘आमाको मुख हेर्ने दिन’का रूपमा पनि चिनिन्छ। नेपाली समाजमा आमाप्रतिको सम्मान, कृतज्ञता र ममताको महत्व झल्काउने पर्वका रूपमा मातातीर्थ औंसीलाई विशेष रूपमा लिइन्छ।

आमा प्रतिको प्रेम र सम्मान व्यक्त गर्ने यो पर्वले परिवारबीचको सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास गरिन्छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छैटौँ ब्राइडल मेकअपमा चन्द्रकलाको जित, अञ्जली र सुजाता रनरअप
5 दिन अगाडि

काठमाडौ ।काठमाडौँमा सम्पन्न "छैटौँ नेपाल ब्राइडल मेकअप कम्पिटिसन २०८२ "मा बाग्लुङकी चन्द्र ...

छुटाउनुभयो कि ?

TOP