गैंडाको खाग जस्तो वस्तुसहित चार जना पक्राउ

गैंडाको खाग जस्तो वस्तुसहित चार जना पक्राउ

सुनसरी । सुनसरी जिल्लाको बर्जु गाउँपालिका–६ बर्जुतालको पूर्वी गेट क्षेत्रबाट गैंडाको खाग जस्तो देखिने वस्तुसहित चार जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।

बैशाख ३ गते बेलुका विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरीबाट खटिएको टोलीले अवैध कारोबार भइरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बर्जु गाउँपालिका–६ चिमडी बस्ने ३९ वर्षीय राजेशकुमार उराउ, ३१ वर्षीय जीवन चौधरी, सोही गाउँपालिका–५ अमाहीबेला बस्ने ३३ वर्षीय रविनकुमार यादव र मोरङको पथरीशनिश्चरे नगरपालिका–१ फिल्महल लाइन बस्ने ४७ वर्षीय नारायणप्रसाद घिमिरे रहेका छन्।

सशस्त्र प्रहरीले उनीहरूको साथबाट गैंडाको खाग जस्तो देखिने वस्तु, प्रदेश १–०३–००१ प ०२२८ र को ३६ प ६२१८ नम्बरका दुई वटा मोटरसाइकल, चार थान मोबाइल सेट तथा करिब ६ हजार रुपैयाँ बरामद गरेको जनाएको छ।

नियन्त्रणमा लिइएका चारै जनालाई आवश्यक अनुसन्धानका लागि जिल्ला वन कार्यालय, इनरुवा सुनसरीमा बुझाइएको सशस्त्र प्रहरी नायब महानिरीक्षक तथा प्रवक्ता बिष्णु प्रसाद भट्टले जानकारी दिएका छन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP