वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा जारी युद्ध चाँडै अन्त्य हुनसक्ने बताएका छन्। उनका अनुसार हालको द्वन्द्व अन्तिम चरणतर्फ अघि बढिरहेको र कूटनीतिक प्रयासमार्फत समाधान सम्भव देखिएको छ।
ट्रम्पले पत्रकारहरूसँग कुरा गर्दै युद्ध अन्त्यका लागि विभिन्न पक्षबीच संवाद भइरहेको संकेत गरे पनि कुनै औपचारिक सम्झौता भएको पुष्टि भने गरेका छैनन्।
यसैबीच, इरान–इजरायल तनावका कारण मध्यपूर्वमा हिंसा तीव्र बनेको छ। युद्ध सुरु भएयता हजारौंको ज्यान गएको दाबी गरिएको छ भने ठूलो मात्रामा मानवीय संकट सिर्जना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
तेल आपूर्ति प्रभावित भएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ऐतिहासिक रूपमा बढेको छ। स्ट्रेट अफ होर्मुज आसपासको अस्थिरताले विश्व ऊर्जा आपूर्तिमा थप दबाब सिर्जना गरेको विश्लेषकहरूको भनाइ छ।
अन्तर्राष्ट्रिय समुदायले युद्ध थप लम्बिएमा आर्थिक संकट र क्षेत्रीय अस्थिरता अझ गहिरिन सक्ने चेतावनी दिँदै संयमता अपनाउन आग्रह गरिरहेका छन्।
धरान । धरान उपमहानगरपालिका-५ स्थित देवी गाउँको लेदुवा खोलामा निर्माणाधीन पुल सात वर्ष बित्दासमेत पूर ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!