पालुङटार मेयर कप फुटबल सम्पन्न, वडा नं ७ च्याम्पियन

पालुङटार मेयर कप फुटबल सम्पन्न, वडा नं ७ च्याम्पियन

गोर्खा ।पालुङटार नगरपालिकाद्वारा आयोजित मेयर कप फुटबल प्रतियोगिता वैशाख ४ देखि ७ गतेसम्म माझटार खेलमैदानमा सफलतापूर्वक सम्पन्न भएको छ।

 प्रतियोगितामा नगरभित्रका १० वटा टिम सहभागी हुने तालिका रहे पनि वडा नं १० बाट टिम सहभागी नभएपछि ९ वटा टिमबीच प्रतिस्पर्धा भएको थियो।

स्थानीय स्तरमा खेलकुदको विकास गर्ने तथा युवाहरूलाई खेलप्रति आकर्षित गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको नगरपालिकाले जनाएको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै वडा नं ७ ले उपाधि जित्न सफल भएको छ।

विजेता वडा नं ७ ले नगद ६० हजार रुपैयाँसहित मेडल र ट्रफी प्राप्त गरेको छ भने उपविजेता वडा नं ४ ले ४० हजार रुपैयाँसहित मेडल र ट्रफी हात पारेको छ।

व्यक्तिगत विधातर्फ वडा नं ४ का निखिल सुनार ‘बेस्ट प्लेयर अफ टुर्नामेन्ट’, सोही वडाका नवीन सुनार ‘बेस्ट डिफेन्डर’ घोषित भएका छन्। वडा नं ७ का समीर श्रेष्ठले ‘बेस्ट गोलकिपर’ र सन्जय श्रेष्ठले ‘हाइ स्कोरर’ को उपाधि जितेका छन्। त्यस्तै वडा नं १ का सुदिप क्षेत्री ‘बेस्ट प्लेयर’ घोषित भएका छन्।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले प्रतियोगिताले स्थानीय खेलाडीहरूको प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेलेको बताए। उनले भने, “स्थानीय स्तरमै रहेका प्रतिभावान खेलाडीहरूको पहिचान गरी उनीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने उद्देश्यले यस्ता प्रतियोगिता सञ्चालन गरिएको हो। यसले खेलाडीलाई आफ्नो क्षमता देखाउने अवसर दिनुका साथै युवाबीच खेलकुदमार्फत एकता र सक्रियता बढाउन सहयोग पुर्‍याएको छ।”

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

सरकार र अधिकारकर्मी रूबी खानबीच पाँचबुँदे सहमति, २३ औँ दिनमा अनशन तोडियो
3 हप्ता अगाडि

काठमाडौँ । बाँकेकी निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी घटनाको निष्पक्ष अनुस ...

छुटाउनुभयो कि ?

TOP