काठमाडौं।सुधन गुरुङ नेतृत्वको गृह मन्त्रालय यतिबेला विवादको केन्द्रमा छ। विभिन्न आरोपहरूबीच गृहमन्त्री गुरुङले सोमबार बिहान रवि लामिछाने सँग बुढानीलकण्ठस्थित निवासमा भेटवार्ता गरेका छन्।
गुरुङमाथि सम्पत्ति शुद्धीकरण मुद्दामा मुछिएका व्यक्तिहरू, विशेषतः दीपक भट्ट र शंकर ग्रुपसँग व्यापारिक साझेदारी रहेको तथ्य बाहिरिएपछि उनीमाथि राजनीतिक दबाब तीव्र बनेको छ। यही कारण पछिल्लो समय उनको ‘दौडधुप’ उल्लेखनीय रूपमा बढेको देखिन्छ।
राष्ट्रिय स्वतन्त्र पार्टी भित्र गृहमन्त्री गुरुङलाई कारबाही गर्ने/नगर्ने विषयमा गम्भीर छलफल चलिरहेको छ। स्रोतका अनुसार, आज बस्ने केन्द्रीय समिति बैठकले यसबारे निर्णायक फैसला गर्न सक्छ।
गोरखा–१ बाट निर्वाचित गुरुङ चैत १३ गते मात्र गृहमन्त्री नियुक्त भएका थिए। तर छोटो अवधिमै विवादमा तानिएपछि उनको पद नै जोखिममा पर्ने संकेत देखिएको छ।
यसैबीच, पार्टीको अनुशासन आयोगले पनि आन्तरिक रूपमा अनुसन्धान प्रक्रिया अघि बढाएको छ। अबको केही घण्टा गुरुङको राजनीतिक भविष्यका लागि निर्णायक बन्ने देखिएको छ।
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको बजेटको तयारी गरिरहेको बेला निजी क्षेत्रले अर्थतन्त्रको संरचना ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!