तोलामा १ हजार ६ सय रुपैयाँ बढ्यो सुनको मूल्य

तोलामा १ हजार ६ सय रुपैयाँ बढ्यो सुनको मूल्य

काठमडौं । मंगलबार सुनको भाउ बढेको छ । अघिल्लो दिनको तुलनामा यस दिन सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँ बढेको हो । चाँदी भने तोलामा ३० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिनका लागि महासंघले सुनको भाउ प्रतितोला ३ लाख १ हजार ३ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । गत मंगलबार सुनको भाउ प्रतितोला २ लाख ९९ हजार ८ सय रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको भाउ प्रतितोला ३० रुपैयाँ घटेसँगै ५ हजार १६० रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन ५ हजार १९० रुपैयाँ थियो । गत मंगलबार चाँदी ५ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

प्रतिनिधिसभा बैठकको आकस्मिक समयको उचित व्यवस्थापन गरिने सभामुखद्वारा जानकारी
3 हप्ता अगाडि

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको आकस्मिक समय बारे कार्यव्यवस्था परामर्श समितिमा छ ...

छुटाउनुभयो कि ?

TOP