टोखा–६ मा बालबालिकाका लागि चार दिने उद्घोषण तालिम सुरु

टोखा–६ मा बालबालिकाका लागि चार दिने उद्घोषण तालिम सुरु

काठमाडौं। रेड मिडियाको आयोजना तथा टोखा नगरपालिका वडा नम्बर ६ को आर्थिक सहयोगमा बालबालिकालाई लक्षित चार दिने उद्घोषण तालिम बुधबारदेखि सुरु गरिएको छ।

कार्यक्रमको उद्घाटन गर्दै वडा नम्बर ६ का वडाध्यक्ष शान्ता खनालले बालबालिकाको व्यक्तित्व तथा नेतृत्व विकासका लागि यस्ता तालिम प्रभावकारी हुने बताए। विद्यालय बन्द रहेको अवस्थामा यस्ता क्रियाकलापले बालबालिकालाई सक्रिय बनाउने उनको भनाइ थियो।

उद्घाटन कार्यक्रममा वडा सदस्य बलराम राउत, तन्जु लुइटेल, ममता सुनार तथा वडा सचिव सरिता तिवारीको उपस्थिति रहेको थियो।

कार्यक्रमको सभाध्यक्षता रेड मिडियाकी अध्यक्ष तथा सञ्चारकर्मी विष्णुमाया पौडेलले गरिन्। उनले बालबालिकालाई सफल उद्घोषक बनाउने र उनीहरूको व्यक्तित्व तथा नेतृत्व क्षमता विकास गर्ने उद्देश्यले तालिम आयोजना गरिएको बताइन्।

तालिममा सहायक प्रशिक्षकका रूपमा आरबी केसी रहेका छन् भने कार्यक्रम संयोजकको जिम्मेवारी मन्दिप बिष्टले सम्हालेका छन्।

टोखा नगरपालिका वडा नम्बर ६ भित्रका विभिन्न बाल क्लबमा आबद्ध बालबालिकाहरूलाई सहभागी गराइएको उक्त तालिम वैशाख ९ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने जनाइएको छ। तालिम दैनिक बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ।

उद्घाटन समारोहपछि सुरु भएको प्रशिक्षण सत्रमा प्रशिक्षक पौडेलले सहजीकरण गरिरहँदा बालबालिकाहरू उत्साहित भएर सिकिरहेको देखिएको थियो।

कार्यक्रमको सञ्चालन परीक्षा कोइरालाले गरिन् भने कार्यक्रममा सञ्चारकर्मीहरूको समेत उल्लेख्य उपस्थिति रहेको थियो।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

जैविक विविधता तथा वन्यजन्तुको सम्बन्धको दीर्घकालीन खोजी
एक दिन अगाडि

काठमाडौँ । जैविक विविधता संरक्षण तथा पर्यापर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘जैविक विविधता तथ ...

छुटाउनुभयो कि ?

TOP